गृहपृष्ठ कर संकलन ४८ प्रतिशतले बढ्यो

कर संकलन ४८ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७४/०७५ मा करदाता सेवा कार्यालय सुर्खेतले करिब ५४ करोड बराबरको कर संकलन गरेको छ । कार्यालयले ५४ करोड ५७ लाख १७ हजार ७ सय ८१ रुपैयाँ कर संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष कार्यालयले ४८ दशमलब ६ प्रतिशतले कर बढि संकलन गरेको छ ।

करदाता कार्यालय सुर्खेतले आर्थीक वर्ष २०७३/७४ मा ३६ करोड, ७१ लाख ७० हजार २ सय ३६ रुपैयाँ कर संकलन गरेको थियो । करदाता सेवा कार्यालय सुर्खेतका अनुसार आयकरतर्फ ३५ करोड, ३२ लाख ४८ हजार संकलन भएको छ भने बहालकरतर्फ २ करोड ७० लाख २७ हजार रुपैयाँ कर संकलन भएको छ ।

त्यस्तै व्याजकरतर्फ २ करोड, ४ लाख १३ हजार रुपैयाँ, मुल्य अभिवृद्धितर्फ १३ करोड ३६ लाख १६ हजार रुपैयाँ असुली भएको छ । अन्तशुल्कतर्फ ६८ लाख १७ हजार रुपैयाँ र शिक्षा सेवा शुल्क अन्तर्गत ५ लाख ७७ हजार रुपैयाँ र स्वास्थ्य सेवा तर्फ ४० लाख रुपैयाँ कर संकलन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै विविधतर्फ १८ हजार रुपैयाँ कर संकलन भएको करदाता सेवा कार्यालय सुर्खेतका प्रमुख यज्ञराज ढकालले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष करको मात्रा बढेको छ । जिल्लामा कर शिक्षा कार्यक्रम, बजार अनुगमन तथा तथा विकास निर्माणका कामहरु बढि हुन थालेपछि करको मात्रा बढेको ढकालको भनाइ छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु