गृहपृष्ठ क्वारेन्टिन बनाइएको स्कुल नै तासको अखडा

क्वारेन्टिन बनाइएको स्कुल नै तासको अखडा

Taas_NewsKarobar

यतिबेला देशका धेरैजसो विद्यालयहरूलाई क्वारेन्टिन स्थलमा परिणत गरिएको छ । लकडाउनका कारणले शिक्षक, विद्यार्थीहरू फुर्सदिला छन् ।

फुर्सदमा रहेका ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका उदयपुर ५ र ७ मा  रहेको  श्रीदेवी स्थान आधारभूत विद्यालयका शिक्षक, विद्यालय सञ्चालक समितिका अध्यक्षसमेत मिलेर विद्यालयलाई तास खेल्ने अखडामा परिणत गरेका छन् । एक जना स्थानीय बासिन्दाका अनुसार विद्यालयमा रक्सी खान, तास खेल्न वरपरका अभिभावकहरूसमेत भेला हुने गरेका छन् ।

विद्यालयमा दैनिक १० देखि १२ जना भेला भएर तास खेल्ने गरेको एक जना अभिभावकले नाम नलेख्न भन्दै जानकारी दिए । बुद्धिजीवी भनिने शिक्षक, सञ्चालक समितिका अध्यक्षहरूमात्र हैनन, सशस्त्र प्रहरीका जवानसमेत तासमा निर्लिप्त भएको देखिन्छ ।

आफ्ना अभिभावक नै तासमा भिडेको देखेपछि बालबालिकाहरूसमेत वरिपरि भेला भएर रमिता हेर्ने गरेका छन् । शिक्षक, अभिभावकहरूको यस्तो क्रियाकलापले भविष्यका कर्णधार बालबालिकामा नराम्रो छाप पार्ने भन्दै स्थानीय बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु