गृहपृष्ठ विराटनगर मालपोतद्वारा ६० करोड राजश्व संकलन
विराटनगर मालपोतद्वारा ६० करोड राजश्व संकलन
तस्बिर : न्युज काराेबार
मालपोत कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा ६० करोड रुपैयाँभन्दा बढी रजश्व संकलन गरेको छ । कार्यालयका अनुसार घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट मात्र ५५ करोड १४ लाख १ सय ५२ रुपैयाँ रजश्व संकलन भएको छ ।
कार्यालयका मालपोत अधिकृत जितेन्द्रलाल श्रेष्ठका अनुसार सो अबधिमा दृष्टि बन्धक/जरिवाना/नामसारी दाखा मार्फत ५ करोड ४० लाख ६८ हजार ५ सय ८ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै पुर्जा बिक्रीबाट ४ लाख ८१ हजार ३ सय २५ रुपैयाँ, रोक्का दस्तुर वापत १० लाख २ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन भएको श्रेष्ठले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मात्र २८ हजार २ सय ८८ घर जग्गा रजिष्ट्रेसन पास भएको छ ।
प्रकाशित समय १२:३३ बजे
















