गृहपृष्ठ मन्थली नगरपालिकाका वडा कार्यलय सहयोगीको भरमा
मन्थली नगरपालिकाका वडा कार्यलय सहयोगीको भरमा
सम्पर्क कार्यलयले गर्दा जनताले पाए सास्ती
रामेछापको मन्थली नगरपालिकाका ७ वडा कार्यलयहरु कार्यलय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । वडा अध्यक्षहरुले सदरमुकाममा ‘सम्पर्क कार्यालय’ चलाउन थालेपछि नगरपालिकाका वडा कार्यालयहरु कार्यालय सहयोगीका भरमा सञ्चलन हुँदै आएका छन् ।
चुनाव भएको लामो समय भइसक्दा पनि नगरपालिकाका वडा अध्यक्षहरु मन्थली बजारबाट सम्पर्क कार्यालयमा बसेर काम गर्दै आएका छन् । संघीयताको फलस्वरुप ‘गाउँ गाउँमा सिंहदरबार’ गएको भन्दै जनतालाई मिठो सपना देखाएका वडाध्यक्षहरुनै सदरमुकाम केन्द्रित भएपछि जनताका दैनिक काम प्रभावित भएका छन् ।
मन्थली नगरपालीकाका २, ३, ४, ५, १०, ११ र १२ का वडाध्यक्षहरुले सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन् । जसका कारण वडा कार्यालयबाट सम्पादन हुने दैनिक कामसमेत प्रभावित हुन पुगेका छन् । नगरपालिकाका वडा अध्यक्षहरु सदरमुकाम केन्द्रित भएको प्रति नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतसमेत सन्तुष्ट छैनन् । यीमध्ये कतिपय वडा अध्यक्षले आफ्नै घरमा कार्यलय राखेका छन् भने केहीले भाडामा लिएर सम्पर्क कार्यलय चलाएका छन् ।
वडा अध्यक्षहरु गाँउमा नभए पछि सेवाग्राहीहरु सिफारीसको लागिसमेत दिनमाया मारेर १००० भन्दा बढी खर्च गरेर मन्थली आउन बाध्य छन् । गाँउ गाँउमा सिंहदरबारको आस देखाएर चुनावमा भोट मागेका जनप्रतिनिधि वडा कार्यालयमा नजाँदा वडा बासीहरुले सास्ति व्यहोर्दै आएका छन् । जनताले ठूलो आशा र भरोशा गरेको जनप्रतीनिधिबाट जनतामाथि धोका भएको उनीहरुको टिप्पणी छ ।
मेयरको गुनासो : अध्यक्षले टेरेनन्
वडा अध्यक्षहरुले मन्थलीमा नै सम्पर्क कार्यलय सञ्चालन गरेर बसे पनि मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले भने त्यासो नगर्न आफूले आग्रह गरेको बताए । उनले सबै वडा अध्यक्षहरुलाई वडामा रहेर काम गर्न भने उनीहरुले नटेरेको बताए ।
‘सबै कर्मचारी तथा सचिवहरुलाई वडामा गएर काम गर्न निर्देशन गरेका छौं,’ प्रमुख बस्नेतले भने, ‘जनप्रतिनिधिलाई जबर्जस्ती गर्न नसकिने रहेछ । अध्यक्षहरुले कानुनी रुपमा गर्न नमिल्ने सम्पर्क कार्यलय खोलेर बसेका छन्, मैले एक बर्षदेखि अनुरोध गर्दा पनि टेरेनन् ।’
वडा अध्यक्ष भन्छन् : भौतिक संरचना र सुरक्षा छैन
गाँउमा कार्यलय भए पनि सम्पर्क कार्यलय मन्थलीमा राखेर काम गर्दै आएका वडा अध्यक्षहरुले भने भूकम्पले गर्दा पुरानो गाबिस भवन नभएको तथा अन्य सार्वजनिक भवन पनि राम्रो नभएको बताएका छन् । सोही कारण सदरमुकाममा सम्पर्क कार्यलय राखेर जनताको सेवा गरेको उनीहरुले बताए ।
१० नम्बर वडाका अध्यक्ष भरत बोहोराले गाँउमा राम्रो भौतिक संरचना नभएकाले आफूहरु सदरमुकाम बस्न वाद्य भएको बताए । वडाको कागजातको सुरक्ष छैन कसरी गाँउमा बसेर काम गर्ने ? सुरक्षाको लागि मभन्थलीमा बसेर जनताको सेवा गरेको उनको भनाई छ ।
वडा नम्बर ५ वडा अध्यक्ष रामबहादुर कार्कीले आफ्नो मुख्य कार्यलय सुनारपानीमै रहेको र आफु अपांग भएकाले मन्थलीमा सम्पर्क कार्यलय खोलेर बसेको बताए । त्यस्तै वडा नम्बर ४ का अध्यक्ष अध्यक्ष वीरेन्द्र बज्रचार्यले जनताको सहजता र सुलभताको लागि आफू मन्थलीमा बसेको बताउछन् । बज्रचार्यले मुख्य कार्यलय सालुमा नै रहेको र कार्यलय सहयोगी अनु श्रेष्ठले कार्यलयको सबै काम गर्ने र हप्तामा २ पटक सचिव र आफु जाने बताए ।
सम्पर्क कार्यलयको भाडा २५०० तिर्छु बज्रचार्यले जनताको हरेक समस्यामा साथ दिनको लागि जनप्रतिनिधि भएकोले जनताले भने वडाको जुन सुकै ठाँउमा रहेर सेवा दिने बताए । ‘हामीसँग भौतिक संरचना छैन चउरमा बसेर काम गर्ने कुरा भएन अब के गरौं त ?’ उनले भने ।
वडा नम्बर २ का अध्यक्ष तरणीशंकर अधिकारीले सरकारले भौतिक संरचनाको व्यवस्था गरे गाउँमै गएर सेवा गर्ने बताए । १० नम्बर वडाको अध्यक्षले भने यो विषयमा बोल्न अस्वीकार गरे । उनले भने ‘जनताको समस्यामा म बारी बेचेर सहभागी हुन सक्दिन सरकारले हामीलाई काम गर्न भौतीक संरचना र सुरक्षाको ग्यारान्टी गरीदिनु पर्छ ।’
मन्थली नगरपालीकामा १४ वडा छन्, जसमध्ये ७ वडा कार्यलय कार्यालय सहयोगीको भरमा सञ्चाल हुँदै आएको छ ।
प्रकाशित समय १३:०७ बजे
















