गृहपृष्ठ देवदह नगरपालिका : तिहारमा रेडिमेड गित बजाउन निशेध

देवदह नगरपालिका : तिहारमा रेडिमेड गित बजाउन निशेध

माैलिक संस्कृती प्राेत्साहनका लागि निर्णय गर्याैं : नगर प्रमुख

रुपन्देहीको देवदह नरपालिकाले तिहारमा रेडिमेड गीत बजाउन निशेध गरेको छ । नगरपालिकाले मौलिक देउरी, भैलोलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको बताएको छ ।

नगरपालिकाले बनिबनाउ मोवाईल, पेनड्राईभ आदिमा भएका कुनै पनि गीत बजाएर नाच्न नपाउने नियम बनाएको हो । नगर प्रमुख हिरा बहादुर खत्रीका अनुसार चर्को स्वरमा ठूल ठूला माईक बजारएर ध्वनी प्रदूषणसमेत गर्न नपाइने बताए । त्यसो गरिए ति सामानहरु नियन्त्रणामा लिएर कारबाही गर्ने निर्णय भएको खत्रीले जानकारी दिए ।

पछिल्लो समय तिहारमा तिहारका मौलिक गीत र संस्कृतिभन्दा बढि पेन्ड्राइभ, मोवाइलबाट साउण्ड सिष्टममा जोडर जोड जोडका साथ गीत बजाउने नाच्ने गरिएको पाइएपछि नगरपालिकाले यस्तो कार्य नियन्त्रणको लागि यो योजना बनाएको हो । जसमा स्थानिय राजनीतिक दल, विभिन्न संघ संस्था तथा प्रहरी प्रशासनकोसमेत साथ रहेको उनले बताए ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु