गृहपृष्ठ इटहरीमा आगलागी : दुई घर जले, अागाे नियन्त्रणको प्रयास जारी

इटहरीमा आगलागी : दुई घर जले, अागाे नियन्त्रणको प्रयास जारी

aago-final-final सांकेतिक तस्बिर

इटहरी ६ स्थित एउटा घरबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । वडा नम्बर ६ स्थित विनोद पराजुलीको घरको दोस्रो तलाबाट दिउँसो साढे १ बजे आगलागी सुरु भएको थियो । पराजुलीको घरबाट सरेको आगोले गणेश लुईंटेलको घर पनि जलिरहेको छ ।

६ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी हवल्दार राजेन्द्र सुवेदीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु