गृहपृष्ठ घाइते प्रहरी निरीक्षक अमिर दाहालकाे पनि मृत्यु

घाइते प्रहरी निरीक्षक अमिर दाहालकाे पनि मृत्यु

धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा भएको घटनामा परी घाइते भएको प्रहरी निरीक्षक अमिर दाहालको पनि मृत्यु भएको छ ।

घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । विस्फोटमा परी मृत्यु हुनेमा इन्स्पेक्टर दाहलसहित स्थानीय ४६ वर्षका राजेश साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साह रहेका छन् ।

राति करिब पौने १२ बजे राजेशले शौचालय जाने क्रममा घरको गेटमा बम राखेको झोला झुन्डाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीआएर बम राखिएको झोला निकाल्ने क्रममा विस्फोट भएको प्रहरीले बताएको छ ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जलीसमेत गम्भिर घाइते भएको २ नं प्रदेश प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले बताए ।

प्रवक्ता महतोले न्युज कारोबारलाई दिएको जानकारी अनुसार गम्भीर घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुर उपचार सम्भव नभएपछि विपी कोइराला मेमोरियल धरानमा उपचार भइरहेको छ ।

‘घटनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ न्युज कारोबारसँग कुरा गर्दै प्रदेश प्रहरी प्रवक्ता महतोले भने, ‘अहिलेसम्म घटनाबारे केही खुलेको छैन, कुनै प्रचा पम्प्लेट पनि भेटिएको छैन ।’

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु