गृहपृष्ठ साना उद्योगीलार्इ प्रोत्साहन गरिनु पर्नेमा वत्ताहरुको जोड
साना उद्योगीलार्इ प्रोत्साहन गरिनु पर्नेमा वत्ताहरुको जोड
साना उद्योग र उद्यमीहरुलाई प्रोत्साहित गरिनुपर्नेमा जनकपुरधाममा आयोजित एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । उद्यम गरौं, सुखी नेपाली र समृद्ध नेपाल निर्माण गरौं भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय, धनुषाद्वारा तेस्रो उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादवले देश विकास गर्ने मुख्य मेरुदण्ड नै साना तथा मझौला उद्योग र उद्योगी भएकाले त्यस्ता उद्योग र उद्योगीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । साना र मझौला उद्योगलाइ सम्मान र प्रोत्साहन गर्न सरकारले अनुदान बजेट दिनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग धनुषाका प्रमुख संजिव दुबेले उद्यम विनाको जीवन निरर्थक भएको बताए । नेपाल कृषिप्रधान हुँदा हुँदै पनि विदेशबाट खाद्यपर्थासमेत आयात भइरहेकाले कृषिमा साना तथा मझौला उद्योगको आवश्यकता औल्याए ।
जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले साना उद्योग र उद्यमीहरुले गर्दा लाखौं युवा–युवती खाडी जानबाट जोगिएको दावी गरे । उनले साना उद्योगबाट उत्पादित समानको बजारीकरण गर्न आफूहरु अग्रसर भएको बताए ।
कार्यक्रममा कुशेश्वर झाले औद्योगीकरण विना देश विकास नहुने ठोकुवा गरे । साना उद्योग विदेशी मुद्रा आर्जन गर्ने प्रमुख केन्द्र भएकाले व्यवसायिकरण गर्दै बजारीकरण गरिनु पर्नेमा जोड दिए ।
प्रकाशित समय १९:५० बजे
















