गृहपृष्ठ विवाह पञ्चमीको तयारी : नेपाली सेनाको नेतृत्वमा बृहत सरसफाइ

विवाह पञ्चमीको तयारी : नेपाली सेनाको नेतृत्वमा बृहत सरसफाइ

महोत्सवमा व्याण्ड बाजा र पुष्प वृष्टि नेपाली सेनाले गर्ने

जनकपुरमा राम-जानकी विवाहपञ्चमी महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । विवाह पञ्चमीमा मनाइने महोत्सवको तयारीकै क्रममा जनकपुरमा नेपाली सेनाको नेतृत्वमा बृहत सरसफाइ गरिएको छ ।

निकै फोहोर र कुरुप देखिएको बाह्र विगाह रंगभुमि मैदान नेपाली सेनाको नेतृत्वमा बृहत रुपमा सरसफाइ गरिएको छ । विवाह पञ्चमीको तयारीकै क्रममा नेपाली सेनाको २७ नम्बर वाहिनी चोहर्वा सिरहाका सहायक रथी बाबुराम श्रेष्ठ, जनकपुर गोरखनाथ गणका गणपति भोला पाण्डे, रामजानकी विवाह महोत्सवका संयोजक समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अग्रसरतामा सरसफाइ गरिएको हो ।

अबलोकनको क्रममा जानकी मन्दिर र बाह्र्र विगाह निकै फोहोर र भद्रगोलको अवस्था देखेपछि नेपाली सेनाले सोमबार विहानैदेखि २ सय जवानलगायत करिब ५ सय अभियान्ताहरुले जानकी मन्दिर र बाह्र विगाहा सरसफाइ गरेका छन् ।

सरसफाइमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै असहाय संरक्षण मञ्च लगायतका समाजसेवीहरुले समेत सहयोग गरेका छन् । सरसफाइकै क्रममा भेटिएका नेपाली सेना २७ नम्बर बाहिनी चोहर्वाका सहायक रथी बाबुराम श्रेष्ठले विवाहपञ्चमी महोत्सवमा जनकपुरको सौन्दर्यता बढाउनुपर्नेमा जोड दिँदै नेपाली सेना महोत्सवसम्म निरन्तर सरसफाइको साथै अन्य सहयोगका लागि सदैव तयार रहेको बताए ।

नेपाली सेनाले २१ गतेदेखि औपचारिक रुपमा सुरु हुने महोत्सवको लागि जन्तीको स्वागतमा वैण्ड टिमको साथै हेलिकप्टरबाट पुष्प वृष्टि गराउने गोरखनाथ गणका गणपति भोला पाण्डेले जानकारी दिए । नेपाली सेनाले श्रद्धालु भक्तजनहरुका लागि बाह्र विगाह रंगभूमि मैदानमा आकस्मिक स्वास्थ्य शिविर, बस्ने र चिया खाजाको लागि समेत शिविर आयोजना गर्न लागेको गणपति पाण्डेले बताए ।

वृहत रुपमा आयोजना गरिएको सरसफाई कार्यक्रममा प्रदेश नं. २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पाल, सशस्त्र प्रहरीका एसपी राजु पाण्डे, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती थियो ।

बाह्र विगाहको सरसफाई भएपछि ५ ट्रयाक्टर फोहोर निकाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गरेपछि अहिले बाह्र विगाह आकर्षक देखिन थालेको र सरसफाई निरन्तर हुनु जरुरी रहेको समाजसेवी जनक रायले बताए ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु