गृहपृष्ठ लागू औषधसहित कन्टेनर चालक पक्राउ
लागू औषधसहित कन्टेनर चालक पक्राउ
आइतबार प्रहरीले लागू औषधसहित कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी चेकपोष्टमा जाँचका क्रममा लागू औषध (गाँजा) सहित कन्टेनर चालकलाई नियन्त्रणमा लिइएको हो ।
चितवन राप्ती नगरपालिका–१ का ४१ वर्षीय कन्टेनर चालक विष्णुभक्त श्रेष्ठलाई १ सय ४३ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना.४ ख २९३ नम्बरको कन्टेनरमा रहेको १ सय १३ किलो लागूऔषध गाँजा सहित कन्टेनर चालक श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय १६:४२ बजे
















