गृहपृष्ठ सैनामैना अपडेट : घाइतेको मृत्यु, स्थानीयले विंगर जलाए
सैनामैना अपडेट : घाइतेको मृत्यु, स्थानीयले विंगर जलाए
तस्बिर : न्युज काराेबार
रुपन्देहीको सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु.१ ज २७२८ नम्बरको विङ्गगरले लु १ प ७७४३नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि एक जनाको मृत्यु भएको छ । ठक्करबाट सैनामैना नगरपालिकाका ४० वर्षीय शेरबहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवल तर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीया बाट रामापुर तर्फ जादै गरेको कुँवर सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाईते भएका उनलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । विङ्गगर चालकले गम्भीर गल्ती गरेको भन्दै अक्रोसित स्थानियले विङ्गगर जलाएका छन् ।
आफ्नो साईडबाट हिडेको मोटरसाइकलकलाई तीब्र गतिमा रहेको विङ्गगरले ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् । विङ्गगार चालकले गम्भीर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्कर दिएपछि स्थानीययहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका छन् ।
आगो निभाउन बुटवलबाट दमकल गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पूर्व–पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका थिए ।
प्रकाशित समय १६:५१ बजे

















