गृहपृष्ठ कर्णाली प्रदेशकाे कृषि मन्त्रालयद्वारा ३१ कर्मचारी सम्मानित

कर्णाली प्रदेशकाे कृषि मन्त्रालयद्वारा ३१ कर्मचारी सम्मानित

karnali-newskarobar

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालयमा कार्यरत निजामती कर्मचारी लाई पहिलो पटक सम्मान गरेको छ । पन्ध्रौं निजामती सेवा दिवसका अवसरमा विभिन्न महाशाखा तथा शाखाका ३१ कर्मचारीलाई सम्मान गरिएको हो ।

निजामति सेवा दिवसको अवसरमा शुक्रबार कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरुलाई सम्मान गरिएको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए । आ.व. ०७४/०७५ को बजेट कार्यन्वयनमा अहोरात्र फिल्डमा खट्ने कर्मचारीलाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले वताइन् ।

कर्मचारीहरुलाई सम्मान गर्दै मन्त्री केसीले कर्मचारीको लगनशीलता र इमान्दारीताका कारण जसरी आ.व. ०७४/०७५ को बजेट कार्यन्वयनमा सफलता प्राप्त भयो त्यसरी नै चालु आवको बजेट कार्यन्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गरिन् । कर्णाली प्रदेश सरकारको आ.व. ०७५/०७६ को बजेट कार्यन्वयन गर्न कार्यविधि निमार्ण गर्नु अहिलेको पहिलो प्राथमिकता रहेको बताइन् ।

बजेट कार्यन्वयनका लागि मन्त्रालयका सबै कर्मचारीहरु तदरुकताका साथ लाग्नुपर्ने मन्त्री केसीको भनाइ छ । अरुका कुरा काटेर समय वर्वाद बनाउनु भन्दा सिर्जनात्मक काम गर्नुपर्छ मन्त्री केसीले भनिन् ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु