गृहपृष्ठ व्यस्त दैनिकीमा योगको महत्व

व्यस्त दैनिकीमा योगको महत्व

योग गर्नेहरु भन्छन्- योगले जीवन परिवर्तन गराउँछ

yog-newskarobar

पछिल्लो समय मानवीय जीवनमा व्यस्तता बढेको छ । व्यस्तताकै कारण मानिसले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकिरहेका छैनन् । कार्य व्यस्तता र शहरी बसाइका कारण अल्छी हुन थालेका छन् । त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा परिरहेको छ । त्यसका लागि ठाउँ ठाउँमा योग शिविर तथा योगशालाहरु सञ्चालन हुन थालेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–७ इत्रामकी ४० वर्षीय निर्माला कोइराला जीवन विज्ञान प्रयोगात्मक प्रयोगशालाकी प्रशिक्षक हुन् । पेशाले स्वास्थ्यकर्मी कोइराला मानव स्वास्थ्यप्रति बढी चासो दिन्छिन् । सुर्खेतमा पनि जीवन विज्ञानको प्रयोगात्मक पाठशाला भित्र्याउनुपर्छ भन्ने सोचले उनले पहिले तालिम लिइन् र अहिले प्रशिक्षकको रुपमा कार्य गर्दै आइरहेकी छिन् ।

जीवन विज्ञानले जीवनको यथार्तलाई बु¤न सहयोग गर्ने कोइराला बताउँछिन् । ‘मानसिक तनाब मुक्त र शारीरिक अभ्यासका लागि जीवन विज्ञान योग आवश्यक छ,’ कोइराला भन्छिन्, ‘यसले जीवनलाई सन्तुलित बनाउँछ ।’

प्रयोगशालामा शरीर र मनको लागि दुई किसीमको योग गरिन्छ । विशेषगरी बालबालिकाको लागि ऐश्वर्य विज्ञान सम्बन्धी योग गराइने उनले बताइन् । त्यसले बालबालिकाहरु निर्णय गर्न सक्षम हुने उनको दावी छ । निर्मलाले सञ्चालन गरेको योगमा करिब ५० जना महिलाहरु निरन्तर आउँछन् ।

वीेरेन्द्रनगर-४ भैरवस्थानकी ५२ वर्षीय सरिता भुषालले योग गर्न थालेको ५ महीना भयो । यो अवधीमा जीवनमा धेरै सहजता आएको भुषाल बताउँछिन् । वीरेन्द्रनगर–४ कै कालागाउँकी सुशीला थापाको तौल शुरुमा ८४ किलो थियो । योग गर्न थालेको पाँच महीनामा उनी ७९ किलोकी भएकी छिन् । योगले जीवन परिवर्तन गर्छ भन्ने थापाको विश्वास छ ।

निर्मलाले सुर्खेतमा थप जीवन विज्ञान योग स्थलहरुको स्थापना गर्ने सोच बनाएकी छिन् । त्यसका लागि प्रशिक्षक उत्पादनको काम समेत भइहरहेको उनको भनाई छ । त्यसको अलवा निर्मलाले निशल्क रुपमा स्वास्थ्य जाँचका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएकी छिन् ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु