गृहपृष्ठ कर्णालीको श्रमदिन राजधानीबाहिर पनि

कर्णालीको श्रमदिन राजधानीबाहिर पनि

sarsafai_karnali

कर्णाली प्रदेश सकारले हरेक महिनाको १ र १५ गते मनाउने श्रमदिन राजधानी बाहिर पनि मनाइदै छ । जस अन्तर्गत आइतबार पुस १५ गते श्रमदिनको अवसरमा कालीकोटको मान्माबजार सरसफाई गरिएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा मान्मामा सरसफाई गरिएको हो । यसअघि कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगर बजार क्षेत्रमा मात्रै सीमित यो अभियान राजधानी बाहिरका जिल्लामा पनि सुरु गरिएको हो ।

सरसफाईमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो । सरसफाई कार्यक्रममा मुख्यमन्त्री शाहीले मानवीय चेतना सफा गर्नुपर्ने बताए ।

‘सरसफाई आफ्नै स्वाथ्यका लागि हो । यो पहिचान पनि हो भन्ने कुरा जनताले बुझ्नुपर्छ,’ शाहीले भने, ‘सबैभन्दा पहिला दिमागमा रहेको फोहोर सफा गर्नुपर्छ ।’

यो अभियानलाई राजधानी सुर्खेतमा मात्रै सीमित नराखी प्रदेशका सबै जिल्लामा पुर्याउने उनको भनाई थियो ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु