गृहपृष्ठ टिकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुुुुको मृत्यु

टिकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुुुुको मृत्यु

कैलालीको टीकापुर अस्पतालमा सोमबार राती जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । साेमबार राती जन्मिएको उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा रहेको थियो ।

कैलालीको जानकी गाउँपालिकावडा नम्वर ३ लायकपुर बस्ने २२ वर्षीया शान्ति चौधरीले अस्पतालमा राती यस्तो अनौठो बच्चा जन्माएकी थिईन । वच्चाको मंगलबार दिउसो १२ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले जानकारी दिए ।

सोमबार राति सुत्केरी बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको उपचारमा संलग्न टिकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले वताए ।

शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोत ले जनाएको छ ।

याे पनी पढ्नुस् ।

टीकापुरमा अनौठो बच्चाको जन्म, चार हात, चार खुट्टा

प्रकाशित समय १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु