गृहपृष्ठ दोषीलाई उम्काउन खोजीएको भन्दै कैलालीमा प्रदर्शन

दोषीलाई उम्काउन खोजीएको भन्दै कैलालीमा प्रदर्शन

pradarshan-newskarobar

युवकको हत्या प्रकरणमा पीडितले दोषीलाई कारवाही र पिडितलाई न्यायको माग गर्दै भोलि बिहान ७ बजे देखी कैलाली बन्दको घोषणा गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो । उक्त घटनामा संलग्नलाई उम्काउन खोजिएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रिएको हो ।

प्रदेश प्रमुखकको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका–४ स्थित नाष्ट कलेज अगाडि भएको थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको उनिहरुको आरोप छ । थापाकी आमा सीता थापाले शनिबार किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

प्रहरीले अनुसन्धानमा ध्यान नदिएको उनको आरोप छ । आन्दोलित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरेर बन्दको बारेमा जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले दोषीलाई कारवाहीको माग गरेका छन् ।

विजय थापा न्यायिक संघर्ष समितीले प्रहरीले घटनालाई मोड्ने प्रयास गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । यता हत्यारालाई कारबाहिको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन भएको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु