गृहपृष्ठ श्रीमतीले तपाईंबाट लुकाउने केही कुरा
श्रीमतीले तपाईंबाट लुकाउने केही कुरा
पतिपत्नीबीचको सम्बन्ध सामाजिक हुन्छ र यो सम्बन्ध विश्वासमा अडेको हुन्छ । नेपाली समाजको आफ्नै विशेष मौलिकता छ यसमा । नेपाली समाजमा पतिपत्नीको विशेष सम्बन्ध छ । पतिपत्नीबीचको सम्बन्ध बाहिर देखिने गरी तिक्ततामा परिणत भएका कमै दृष्टान्त हामीसामु छन् । नेपाली समाजको सौन्दर्य पनि हो यो ।
हिन्दू समाजमा पतिलाई ईश्वरकै रुपमा मान्ने गरिन्छ (यद्यपि, यो धारणामा विस्तारै परिवर्तन आउँदैछ ।) । हामीकहाँ पत्नी पतिप्रति अलि बढी नै सम्मान र आदर भाव राख्छिन् । यसको मूल परिणाम भनेको सम्बन्धको दिगोपना हो भन्ने तर्कहरु पनि धेरै हुने गर्छन् ।
यस्तो पनि छ, पतिले केही असामाजिक व्यवहार गरेका हुनसक्छन्, पत्नीले सामान्य रुपमा लिएर स्वीकार्छन् तर पत्नीको असामाजिक व्यवहार पतिले स्वीकार्न सक्दैनन् । यसको अर्थ, नेपाली समाज महिलाको हकमा अलि बढी नै रुढ छ । यसका बाबजुद केही यस्ता रहस्य छन्, जो महिलाले आफ्ना श्रीमानबाट जसरी पनि गोप्य राख्न खोज्छिन् । कठोर सामाजिक बन्धन र मूल्यमान्यताबीच महिलाले पतिसँग लुकाउन खोज्ने कुरा के होलान् त !
विवाहअघिको प्रेम
अहिलेको नेपाली समाज पाश्चात्य संस्कृतिबाट प्रभावित छ । युवावयका किशोरकिशोरी मायाप्रेममा आंशिक भए पनि खुल्न थालेका छन् । तर, सबै मायाप्रेम वैवाहिक सम्बन्धमा परिणत हुँदैन । आवेगमा लगाइएका मायाप्रीतिलाई परिवारले स्वीकार्दैन । यस्ता धेरै घटना छन् । मायाप्रेम एउटासँग र विवाह अर्कोसँग भइरहन्छन् । तर, विवाहअघिको प्रेम सम्बन्धका बारेमा महिलाले आफ्ना श्रीमानसँग कहिल्यै पनि खुलेर कुरा गर्न सक्दिनन् । पुरुषले जतिसुकै कर गरे पनि त्यस्ता कुरा सुनाउन महिलाले इन्कार गर्ने गर्छन् ।
विवाहअघिको शारीरिक सम्बन्ध
युवावस्थाका मायाप्रेम चाँडै शारीरिक सम्बन्धमा परिणत हुनसक्छन् । तर, विवाहअघिको शारीरिक सम्बन्धका बारेमा महिलाले आफ्नो श्रीमानलाई कहिल्यै पनि भन्दिनन् । महिलाले यी कुरा लुकाएर राख्ने गर्छन् ।
पूर्वप्रेमीको याद
कुनैबेला श्रीमानसँग केही विषयमा विवाद पर्दासमेत उनीहरु पूर्वप्रेमीलाई सम्झिने गर्छन् । यस्तो अवस्थामा श्रीमानको तुलना उनको प्रेमीसँग गर्नेछिन् । तर, उनले प्रेमीको कहिले वयान गर्दिनन् ।
श्रीमानको परीक्षा
हरेक श्रीमतीले आफ्नो श्रीमानको परीक्षा लिइरहन्छन् । किनकि, उनीहरु श्रीमानलाई पर्फेक्ट पार्टनर बनाउने चाहना राख्छन् । धेरै पटक श्रीमानमाथि हुने शंकालाई दूर गर्न उनीहरु विशेष ध्यान पुर्याउँछन् ।
आफूप्रतिको आकर्षण
महिलाहरु हरेक समय आफ्नो पतिको ध्यान आफूप्रति आकर्षित गराउन चाहन्छन् । उनीहरु, पतिले हरेक समय आफ्नो बारेमा सोच्ने गरोस् भन्ने मानसिकता राख्ने गर्छन् ।
अरु केटीसँगको सम्बन्ध
महिलाहरुले आफ्नो श्रीमान कुनै पनि समय अन्य युवतीको साथमा रहेर हाँस्ने वा जिस्किने गरेको मन पराउँदैनन् । तर, यी कुराहरु श्रीमतीले तपाईसँग सिधै नभन्न पनि सक्छन । यस्ता कुराहरुमा उनीहरु रिस बोकेर बस्ने गर्छन ।
प्रकाशित समय १३:३५ बजे

















