गृहपृष्ठ पीपीएल : पोखरा पल्टन लिगको शीर्ष स्थानमा

पीपीएल : पोखरा पल्टन लिगको शीर्ष स्थानमा

pokhara-premier-league-newskarobar

काठमाडौं रोयल्सलाई चार विकेटले हराउँदै पोखरा पल्टन पोखरा प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । काठमाडाैंले दिएको १०४ रनको लक्ष्य पोखराले १५.५ ओभरमा पूरा गरेको हो ।

पोखरालार्इ जित दिलाउने क्रममा विदेशी खेलाडी मोहम्मद नावीले ३६, रवीइन्दर सिंहले २२, कुशल भुर्तेलले १४ र आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ अमरसिंह रौटेलाले तीन विकेट लिए ।

यसअघि, पोखरा पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९.१ ओभरमा १०३ रन बनाएको थियो । काठमाडौंको सुरुआत पनि खराब थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वााधिक ३१ रन बनाए । अमित श्रेष्ठले २१ र पवन सर्राफ १२ रनमा आउट भए ।

अाजको दोस्रो खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु