गृहपृष्ठ हैदराबादसँग बैंगलोर निरीह, ११८ रनले पराजित

हैदराबादसँग बैंगलोर निरीह, ११८ रनले पराजित

birat-kohli-newskarobar

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ११८ रनले पराजित गरेको छ । २३२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर ११३ रन जोड्यो । बैंगलोरलाई सस्तैमा समेट्न अफगान स्पिनर मोहम्मद नाबीले चार तथा सन्दीप शर्माले तीन विकेट लिए । नाबीले चार ओभरमा ११ रन खर्चिएर चार विकेट लिएका हुन् ।

यसअघि, हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३१ रन जोडेको थियो । हैदरावादका दुवै ओपनर जोनी बेयर्स्ट र डेभिड वार्नरले शतक बनाए । बेयर्स्टले ११४ तथा वार्नरले १०० रन बनाए । उनीहरुले पहिलो विकेटका लागि १८५ रनको साझेदारी गरे । बेयर्स्टले ५६ बलमा ७ छक्का र १२ चौका तथा वार्नरले ५५ बलमा ५ छक्का र ५ चौका प्रहार गरे ।

जारी प्रतियोगितामा कुनै पनि टोलीले यति धेरै रन बनाएको पहिलोपटक हो । यसअघि कोलकाता नाइट राइडर्सले २१८ रन जोडेको थियो ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु