गृहपृष्ठ विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई दियो २२५ रनको लक्ष्य
विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई दियो २२५ रनको लक्ष्य
विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा भारतले अफगानिस्तानलाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै जम्मा २२४ रन बनाएको हो । १० बल सामना गरेका रोहित शर्मा १ रन जोड्दै आउट भएपछि भारतको विकेट पतनको शृंखला सुरू भएको थियो ।
भारतका लागि कप्तान विराट कोल्हीले सर्वाधिक ६७ रन बनाए भने केदार ज्यादवले ५२ रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । महेन्द्रसिंह धोनी ५२ बलमा २८ रन जोड्दै पेभेलियन फर्किए ।
भारतलाई कम स्कोरमा रोक्न मोहम्मद नाबी र गुल्बदिन नैबले समान २/२ विकेट लिए । अर्को खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रकाशित समय १८:४८ बजे

















