गृहपृष्ठ विश्वकप क्रिकेट : भारतसामु इंग्ल्याण्डको विशाल लक्ष्य
विश्वकप क्रिकेट : भारतसामु इंग्ल्याण्डको विशाल लक्ष्य
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलस टोली इंग्ल्याण्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ ।
ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गरेपछि इंग्ल्यान्डले विशाल चुनौती खडा गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । ओपनर बेयरस्टोले सतकीय पारी खेले । उनले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १ सय ११ रनको महत्वपूर्ण योगदान गरे ।
अर्का ओपनर जोसन रोयले ५७ बलमा ६६ रन जोडे । रोय र बेयरस्टोले पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान इओन मोर्गन १ रनमा पेभिलिएन फर्किए । जो रुटले ४४ रनको योगदान दिए ।
बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडे । स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । जस बटलरले २० रनका योगदान दिए । क्रिस वोक्स ७ रनमा क्याच आउट भए ।
भारतका लागि मोहम्मद सामीले १० ओभरमा ६९ रन खर्चेर ५ विकेट लिए । जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।
सेमीफाइनल प्रवेशका लागि इंग्ल्याण्डलाई आजको खेल जित्नैपर्ने दबाब छ । भारतले भने बाँकी तीनमध्ये एक खेले जिते अन्तिम चारमा स्थान बनाउनेछ ।
प्रकाशित समय १९:३७ बजे

















