गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेन्टल हस्पिटलबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेन्टल हस्पिटलबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेन्टल हस्पिटल सम्झौता भएको छ । बैंकका ग्राहकलाई हस्पिटलको तोकिएको शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा दुई संस्थाबीच हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ऊँ समाज डेन्टलका अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले डेन्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
हाल मुक्तिनाथ विकास बैंकले ११९ शाखा र २५ वटा एटीएममार्फत ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय २०:०३ बजे

















