गृहपृष्ठ स्वर्ण पदक विजेता खेलाडीलाई उद्योग वाणिज्य संघको सम्मान
स्वर्ण पदक विजेता खेलाडीलाई उद्योग वाणिज्य संघको सम्मान
पावर लिफ्टिङ विजेता श्रुति कार्कीलाई नगदसहित सम्मान गरिएको छ । भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङमा दुई स्वर्ण पदक जित्न सफल कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगदसहित शुक्रबार सम्मान गरेको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएकाले खेलाडी कार्कीलाई सम्मान गरिएको संघका उपाध्यक्ष दिपेन्द्र ढकालले बताए । ‘आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी छ । यसका लागि निजी क्षेत्रबाट समेत सहयोग गर्न हामी तयार छौं,’ उपाध्यक्ष ढकालले भने । कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले खेल क्षेत्रलाई व्यवसायिक बनाउन जरुरी रहेको बताए । उनले निजी क्षेत्रले पनि खेलाडीलाई वयवसायिक बनाउनतर्फ लागे यसले सिंगो खेल क्षेत्रमा फाइदा पुग्ने उनको भनाइ थियो ।
प्रकाशित समय १८:२९ बजे
















