गृहपृष्ठ यसकारण रोमाञ्चक हुनेछ स्पेन–पोर्चुगलको खेल

यसकारण रोमाञ्चक हुनेछ स्पेन–पोर्चुगलको खेल

विश्वकपमा दोस्रोपटक हुँदैछ भेट

शुक्रबार स्पेन र पोर्चुगलबीचको खेल रुसको सोचीमा सुरु हुँदा रातको ११ः४५ बजेको हुनेछ । आज हुने तीनवटा खेलमध्ये सबैभन्दा बढी आकर्षण भएको खेल पनि यही हो ।

स्पेन र पोर्चुगलबीचको खेलको रोचक पक्ष के भने यी दुवै राष्ट्रका कप्तान एउटै क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो तथा स्पेनका कप्तान सार्जियो रामोस दुवै रियल मड्रिडका व्यवसायिक फुटबलर खेल्छन् ।

स्पेन र पोर्चुगल दुवै उपाधिका दावेदार टोली हुन् । दुई वर्ष पहिले युरोकप जितेको पोर्चुगल र सन् २०१० को विश्वकप घर भित्र्याएको स्पेन उपाधी होडमा छन् । त्यसका लागि उनीहरुलाई आजको खेल महत्वपूर्ण हुन्छ ।

स्पेन र पोर्चुगलबीच विश्वकपमा दोस्रोपटक भेट हुँदैछ । सन् २०१० को विश्वकपमा पहिलोपटक भेट भएकोमा उक्त खेलमा १–० गोलका साथ स्पेन विजयी भएको थियो ।

भर्खरैमात्र स्पेनले मुख्य प्रशिक्षक जुलेन लोपतेगुईलाई बर्खास्त गरी फर्नाडो हिएरोलाई यो जिम्मेवारी दिएको भए पनि कप्तान सार्जियो रामोस भने त्यसले टिमको प्रदर्शनमा फरक नपार्ने बताएका छन् ।

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु