गृहपृष्ठ मुक्तिनाथ र लुम्बिनीबीच रेमिट्यान्स सम्झौता
मुक्तिनाथ र लुम्बिनीबीच रेमिट्यान्स सम्झौता
मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिट र लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा मुक्तिनाथका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे । सम्झौताअनुसार मुक्तिनाथ रेमिटको सेवा लुम्बिनी विकास बैंक र लुम्बिनी रेमिटको सेवा मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाबाट प्राप्त हुनेछ ।
प्रकाशित समय १४:२४ बजे

















