गृहपृष्ठ निर्मलाको लागि न्याय माग्दै बालबालिका सडकमा
निर्मलाको लागि न्याय माग्दै बालबालिका सडकमा
सरकारलाई बालबालिकाको प्रश्न : कहिलेसम्म कानमा तेल हालेर बस्ने ?
सुदुरपश्चिमको कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बढि हुँदा पनि सरकराले अपराधी पत्ताा लगाउन सकेको छैन । निर्मलाको हत्यारालाई पक्राउ नगरेको विरोधका कैलालीका बालबालिका सडकमा उत्रिएका छन् । बालिका हत्याको विरोधमा देशभर आन्दोलन र प्रदर्शन भइरहेकाबेला कैलाललीका बालबालिका पनि सडमा उत्रिएका हुन् ।

हत्यामा संलग्नलाई कारबाहीको सट्टा जोगाउन लागेको भन्दै दोषीलाई कारबाहीको मागसहित लम्कीचुहा नगरपालिका अन्तर्गतको विभिन्न विद्यालयका बालबालिकाले पूर्व पश्चिम राजमार्गको लम्की चौराहामा बुधबार डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका थिए ।
विभिन्न विद्यालयवाट आएका विद्यार्थीले हत्यारालाई पक्राउ नगर्दा आफूहरु ढुक्कसँग हिड्न नसकेको गुनासो गरेका थिए ।

उनीहरुले तत्काल दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । बालबालिबाले सरकारको पछिल्लो गतिविधिले हत्यारा पक्राउ हुनेमा विश्वस्त नरहेको भन्दै चिन्ता समेत व्यक्त गरे । पछिल्लो समय बलात्कार, हत्या, हिंसा बढिरहँदा पनि सरकार मौन बसेर गरीब जनतामाथि अन्याय गरेको विद्यार्थीहरुले गुनासो गरे । उनीहरुले भने, ‘हत्यारा वरिपरि नै घुमिरहँदा पनि पक्राउ नगर्दा देशमा सरकार भए नभएको आभाष भएको भएको छैन ।’ ‘सरकार कहिलेसम्म कानमा तेल हालेर बस्ने ?’

समाजमा शिर ठाडो बनाएर हिड्ने अवस्था नरेको भन्दै बालबालिकाले निर्मलाको हत्यारालाई पक्राउ गर्नृ सरकारलाई आग्रह गरे । गत साउन १० गते घरबाट निस्किएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।
प्रकाशित समय १३:५८ बजे
















