गृहपृष्ठ राजेश गुरुङ राखेपको सदस्यमा नियुक्त

राजेश गुरुङ राखेपको सदस्यमा नियुक्त

पोखराका खेलकुदकर्मी राजेश गुरुङ राष्ट्रिय खेलकुद परिषदको सदस्यमा नियुक्ति भएका छन् । मन्त्रिपरिषद बैठकले राखेपका पूर्व सदस्य गुरुङसहित पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना र नेपाल भलिबल संघका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी ईन्दिरा निरौलालाई ४ बर्षे कार्यकालको लागि सदस्यमा नियुक्ति गरेको हो ।

गुरुङ मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशका ईन्चार्ज तथा पोखरा मनकामना दर्शन प्रा.लि.का संचालक तथा बक्सिङका पूर्व खेलाडी समेत हुन् । पोखरा क्षेत्रका गुरुङ राखेपको सदस्यमा नियुक्ति भएसँगै पोखराको समग्र खेलकुदमा सहयोग पुग्ने आफूहरुले आशा राखेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले बताए ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु