गृहपृष्ठ सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि
सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि
मंगलबारदेखि पोखरामा दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले आयोजना गरेको प्रतियोगिता माघ ५ गतेसम्म चल्ने महासचिव डीबी नेपालीले जानकारी दिए ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा विजेता टिमले ३ लाख ५० हजार, ड्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ७० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वनाले ५० हजार पुरस्कार पाउनेछन् ।
गण्डकी प्रदेशको टिम नेपाली राष्ट्रिय टिमकै उपकप्तान मन्जु गुरुङको नेतृत्वमा मैदान उत्रनेछ । केही दिनदेखि पोखरा रंगशालामा गण्डकी प्रदेशको टोलीले प्रशिक्षण गरिरहेको छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइनेछ । खेलको सेमिफाइनल र फाइनलमा २ सय अन्य दिनको खेलमा दर्शकलाई एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको संघले जनाएको छ ।
प्रकाशित समय ०७:४८ बजे
















