गृहपृष्ठ यूएईविरुद्धको टि-ट्वान्टी शृंखला पनि नेपालको कब्जामा

यूएईविरुद्धको टि-ट्वान्टी शृंखला पनि नेपालको कब्जामा

nepali-cricketer-newskarobar फाइल तस्बिर

नेपाल र यूएईबीचको टि-२० शृंखलामा पनि नेपालले जितेको छ । पहिलो खेलमा हार व्यहोरे पनि बाँकी दुई खेलमा लगातार जित निकाल्दै नेपालले सिरिज कब्जा गरेको हो ।

पहिलो खेलमा २१ रनको हार व्यहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ४ विकेटले पाखा लगाउँदै सिरिज बराबरीमा पुर्याएको थियो । शुक्रबार भएको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको यूएई ९० रनमा समेटिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि नेपालले २-१ ले नै यूएईलाई पराजित गरिसकेको छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु