गृहपृष्ठ मनाङलाई पराजित गर्दै मनकामना कपको फाइनलमा क्याम्रुनी टोली

मनाङलाई पराजित गर्दै मनकामना कपको फाइनलमा क्याम्रुनी टोली

उपाधिका लागि एपीएफसँग भिड्ने

manakamana-goldcup-newskarobar

लिग विजेता एवं डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथको सिकार बनाउँदै पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स टिमले मनाङलाई सडेन डेथमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफसँग भेट पक्का गरेको हो । फाइनल खेल आइतबार हुनेछ ।

९० मिनेटको निर्धारित समयमा दुबैतर्फ एक/एक गोल र थपिएको २० मिनेटमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुबैतर्फ ४–४ गोल भएपछि खेल निर्णयको अन्तिम विकल्प सडेन डेथमा पुगेको हो ।

सडेन डेथमा डफिन्सका जो एङ्गौलाले गोल गरे भने डफिन्सका उभिएमले प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो । प्रतियोगितामा पाहुना टोलीका अर्मेल अहन्दा म्यान अफ द म्याच घोषित भए । उनले ट्रफीका साथै ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु