गृहपृष्ठ सहिद कप क्रिकेट प्रतियोगिता चैत ९ देखि जनकपुरमा

सहिद कप क्रिकेट प्रतियोगिता चैत ९ देखि जनकपुरमा

janakpur_cricket

तेस्रो सहिद कप ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता जनकपुरधाममा हुने भएको छ । प्रतियोगिता चैत ९ गतेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका संयोजक रूपेश कुमार सिंहले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी १० दिन सम्म चल्ने क्रिकेट प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टिम सहभागी हुने जानकारी दिए ।

प्रतियोगितामा प्रदेश-२ बाट जनकपुरधाम र वीरगञ्ज, प्रदेश-१ बाट विराटनगर, प्रदेश-३ बाट काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा र प्रदेश-५ बाट भैरहवा गरी नेपालबाट ६ वटा टिम र भारतबाट पटना, दरभंगा, मुज्जफरपुर र कानपुर टिम गरी ४ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको उपाधी जित्ने टिमलाई ट्रफी, प्रमाण पत्रका साथै २ लाख ११ हजार नगद, दोस्रोलाई ट्रफी, प्रमाणपत्र र १ लाख ५ हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजलाई २१ हजार नगद र म्यान अफ द म्याचलाई २ हजार १ सय नगदबाट पुरस्कृत गरिने उनले जानकारी दिए ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु