गृहपृष्ठ ‘विप्लव समूह’का नेता कार्यकर्ता सुरक्षा निकायको खोजीमा
‘विप्लव समूह’का नेता कार्यकर्ता सुरक्षा निकायको खोजीमा
मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधी गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई प्रहरीले खोजीको सूचीमा रोखेको छ । विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पार्ने तथा ज्यान समेत लिने गतिविधी बढाएसँगै सुरक्षा निकायले विप्लप समुहका नेता कार्यकर्ताको खोजी तीव्र पारेको हो ।
ललितपुरमा रहेको एनसेलको कार्यालयमा बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता कार्यकर्ता रहेको स्थानबारेमा गुप्त सूचना संकलन गरिरहेका छन् ।
विप्लव समूहका प्राय : सबै नेता काठमाडौ भन्दा देशका विभिन्न भागमा घुमिरहेका सुरक्षा निकायले जनाएको छ । देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न उनीहरु केन्द्रित रहेको सुरक्षा निकायको विश्लेषण छ । नेतृत्वकर्ता विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला भूमीगत रुपमै रहेको जनाईएको छ । यस्तै अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेल विभिन्न जिल्ला जिल्ला घुमिरहेका जनाइएको छ ।
उच्च सुरक्षा स्रोतले भन्यो
‘संगठनका नेतृत्वकर्तादेखि कार्यकर्तासम्मलाई निगरानीमा छन् । आम सर्वसाधारणलाई थप आतकित पार्ने क्रियाकलाप गर्ने अनुमानसहित उनीहरुको गतिविधीलाई नजीकबाट नियालीरहेका छौं । ’ विप्लव समुहका विबिध गतिविधिबारे प्रहरी जानकार रहेको नेपाल प्रहरीले जनाएको छ । संविधान प्रदत्त अधिकारअनुसार कार्यक्रम सञ्चालन गर्न दिने तर आपराधिक क्रियाकपाललाई निरुत्साहित गर्ने प्रहरी प्रवक्ता उत्तम सुवेदीले जनाए ।
उनले कानुनविपरीत गतिविधि गर्नेलाई कानुनले नछाड्ने बताए । ‘आपराधिक गतिविधिमा संलग्न भएकाको खोजी भइरहेको छ । को कहाँ कसरी संलग्न भएका हुन, प्रहरीले पहिचान गरेकाले उनीहरुको खोजीमा लागेका छौं’, सुवेदीले भने । ललितपुर बम विस्फोट र अन्य घटनामा संलग्न रहेकाहरु मध्ये केहीलाई पक्राउ गरिएको र संलग्न बाँकीलाई खोज्ने काम भईरहेको जनाईएको छ । त्यसै अनुसार कसलाई कुन मुद्दा लगाउने भन्ने निर्धारण हुने प्रहरीले जनाएको छ ।
फागुन १० गतेको सो ललितपुर एनसेल बमकाण्डमा सिमप्रसाद गुरुङको मृत्यु भएको थियो । विप्लव समूहका युवा फाँटका सदस्य एवं विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेललाई पक्राउ गरिएको छ । काठमाडौं र अन्य स्थानबाट करिब ४० जना पक्राउ परेका छन् । उनीहरुसँग आवश्यक बयान लिने काम भइरहेको जनाईएको छ ।
केही महिनाअघि सरकारले आन्दोलनरत पक्षसँग वार्ता गठन एक समिति गठन गरेको थियो । वार्ता टोलीले विप्लपसंग वार्ताको लागी पत्राचार गर्दा उसले आफू राजनीतिक दल भएकोले वार्ता नगर्ने जनाएको थियो । पछि सोमप्रसाद पाण्डे नेतृत्वको वार्ताटोलीले सरकारलाई बुझाएको प्रतिवेदनमा विप्लव समूह राजनीतिक भएकाले समस्याको समाधान राजनीतिक तहबाट गर्नुपर्ने जनाएको थियो ।
प्रकाशित समय १२:०० बजे
















