गृहपृष्ठ एशियन लाईफ इन्स्योरेन्सका बिमा सेवा अब सिटिजन्स बैंकबाट
एशियन लाईफ इन्स्योरेन्सका बिमा सेवा अब सिटिजन्स बैंकबाट
एशियन लाईफ इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठ र सिटिजन्स बैंकको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
योसँगै अब एशियन लाईफका ग्राहकले सिटिजन्स बैंकबाट बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय १२:०२ बजे

















