गृहपृष्ठ रेशम चौधरीलाई जन्मकैदको फैसलापछि राजपाको आकस्मिक बैठक

रेशम चौधरीलाई जन्मकैदको फैसलापछि राजपाको आकस्मिक बैठक

rajapa_baluatar फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पार्टीको आकस्मिक बैठक बोलाएको छ । कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले बुधबार सर्वश्वसहित जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले आकस्मिक बैठक बोलाएको हो ।

राजपा नेपालका महासचिव केशव झाले पार्टीको बैठक बुधबार दिउँसो सुरू भएको जानकारी दिए ।

आफ्नो पार्टीका सांसदलाई अदालतले जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले बोलाएको आकस्मिक बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजपाको यो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु