गृहपृष्ठ रियालिटी सो लोक स्टार : बुटवल अडिसनको तयारी पूरा

रियालिटी सो लोक स्टार : बुटवल अडिसनको तयारी पूरा

lok_star_newskarobar

नेपाल लोक स्टारको बुटवल अडिसनको तयारी पूरा भएको छ । सर्वाधिक पुरस्कार राशीको नेपाल लोक स्टारको बुटवल अडिसन फागुन २५ गते हुँदैछ । अडिसनको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले अडिसनको तयारी पूरा भएको जनाकारी गराएको हो ।

बुटवलस्थित एभरेस्ट बोर्डिङ स्कुलमा लोकस्टारको अडिसन हुँदैछ । कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीपछि बुटवलमा अडिसन हुन लागेको हो ।

चाहाना मिडियाले निर्माण गर्ने यो कार्यक्रम एपिवान एचडीमा प्रशारण हुनेछ । पत्रकार सम्मेलनमा एपिवान एचडीका डाइरेक्टर तथा लोक स्टारका प्रोगाम हेड सुरेश पौडेलले लुकेर रहेको प्रतिभालाई स्टार बनाउन ठूलो रियालिटी सो गर्न लागिएको बताए । यो कार्यक्रम नेपाल आइडलकै उचाईमा रहने उनको विश्वास थियो ।

त्यस्तै प्रसिद्ध कलाकार तथा प्रमुख निर्णायक जयनन्द लामाले लोक संस्कृति नेपालको पहिचान भएकाले त्यसको जगेर्ना गर्दै यस्ता कार्यक्रमले प्रतिभाको खोजी गर्ने बताए । ‘सगरमाथा, बुद्धको देश जस्तै नेपाल पनि लोक संस्कृतिको धनी देश भनेर चिनाउन आवश्यक छ,’ उनले भने, ‘लोक संस्कृतिको संरक्षणबाटै मुलुककको अस्तित्व रहिरहन्छ ।’

देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी सोमा शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने कार्यक्रम संयोजक माधव थापाले जानकारी दिए । नेपाली लोक स्टारको ३१ भाग बन्ने आयोजक चाहना मिडियाले जनाएको छ ।

यसमा जो कोहीले भाग लिन सक्छन् । अडिसन स्थलमै फर्म भरेर सहभागी हुन सकिने आयोजकले जनाएका छन् । जुनसुकै भाषा, जुनसुकै समुदाय, जुनसुकै भूगोलको लोक गीत गाउन सक्छन् । सहभागीको गायकीको आधारमा उत्कृष्ट प्रतिभा छनौट गरिनेछ । यसको मूख्य निर्णयक जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बिबि अनुरागी छन् । आयोजकले बुटवलमा हुने अडिसनमा सहभागि हुन प्रतिभाहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु