गृहपृष्ठ प्रकाशमान भन्छन्- राउतसँग भएको सम्झौताको भाषा त्रुटिपूर्ण

प्रकाशमान भन्छन्- राउतसँग भएको सम्झौताको भाषा त्रुटिपूर्ण

prakashman_singh

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावदी आन्दोलनमा लागेका सिके राउतसँग शुक्रबार सरकारले गरेको सम्झौतामा प्रयुक्त भाषा त्रुटीपूर्ण रहेको टिप्पणी गरेका छन् ।

सरकारले राउतसँग अपारदर्शी सम्झौता गरेको बताएका उनले संविधान मान्छु भनेर आउनु सकारात्मक भए पनि संसदमा रहेका दलहरूसँग नै गुपचुप राखेर सम्झौता गरिएकोप्रति असन्तुष्टि जनाए ।

शनिबार काठमाडौं नेसनल स्कुलले आयोजना गरेको कार्यक्रममा नेता सिंहले राउतसँग भएको सहमतिले नेकपाभित्रै असन्तुष्टि देखिएको टिप्पणी गरे । सम्झौता गर्दा संसदमा रहेका दलहरूलाई जानकारी नदिनुले शंका उत्पन्न भएको बताएका सिंहले सहमतिका सम्बन्धमा भविष्यमा हुने गतिविधि हेरेर मात्र भन्न सकिने टिप्पणी गरे ।

 

प्रकाशित समय १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु