गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सहकार्यसम्बन्धी सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सहकार्यसम्बन्धी सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकले शिखर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय ११:२३ बजे

















