गृहपृष्ठ च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली चेली भुटानसँग खेल्दै
च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली चेली भुटानसँग खेल्दै
घरेलु मैदानमासाफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विराटनगरको शहीद रङ्शालामा हुने उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । नेपाल भन्दा कमजोर मानिएको भुटानसँग नेपालले जितको अपेक्षा राखेको छ । साफ च्याम्पियनसिपमा भुटानसँग नेपालले २ पटक खेलेको छ ।
दुवैपटक समूह चरणमा भएको भेटमा नेपालले भुटानलाई समान ८–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा भुटानले हालसम्म समूह चरण पनि पार गर्न सकेको छैन । यसअघि भएका प्रतियोगिताहरुमा नेपाल ३ पटक फाइनल र १ पटक सेमिफाइनलमा पुगेको थियो ।
नेपाली टोली यसपटक भने उपाधि कब्जा गर्ने दाउमा छ । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले नेपाली खेलाडी मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त रहेको बताए ।
यसअघि सोमबार ६ राष्ट्रका कप्तानले ट्रफी सार्वजनिक गरेका थिए । आयोजक नेपाल रहेको समूह ए मा बंगलादेश र भुटान छन् ।
समूह बि मा साबिक विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । पहिलो पटक विराटनगरमा हुन लागेको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता विराटनगरको खुशीको विबषय भएकोले खेल क्षेत्रका व्यक्तिहरु उत्साहित छन् ।
प्रकाशित समय ०७:०१ बजे

















