गृहपृष्ठ राजपाले संसद चल्न नदिने
राजपाले संसद चल्न नदिने
राष्ट्रिय जनता पार्टी (राजपा) ले संसद अवरुद्ध गर्ने भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्ने भएको हो ।
मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । राजपा नेता एवं सांसद राजकिशोर यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्न लागिएको बताए ।
कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई अदालतले जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १२ बजे बस्दैछ ।
प्रकाशित समय ११:२४ बजे
















