गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा
एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा
एनआईसी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको छ । महादेवा गाउँपालिका वडा नम्बर ६ मा शाखा स्थापना गरेको हो । गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा बैंकले शाखा खोलेकोमा प्रशंसा गरे । बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् । सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।
मुलुकको हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उदेश्यले चाडै नै अन्य विभिन्न स्थानहरुमा थप शाखा कार्यालय संचालन गर्ने योजना बैंकको रहेकोे छ ।
प्रकाशित समय १२:४६ बजे

















