गृहपृष्ठ चन्दा उठाउनु नैसर्गिक अधिकार, प्रतिबन्ध सरकारकाे कुकर्म : विप्लव

चन्दा उठाउनु नैसर्गिक अधिकार, प्रतिबन्ध सरकारकाे कुकर्म : विप्लव

biplab-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको बताएको छ । राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको बताएको छ । सरकारले प्रतिबनध लगापछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले सो प्रतिक्रिया दिएको छ । सरकारले लगाएको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म भएको समेत बताएको छ।

‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

सरकारको कदमलाई हास्यास्पद भन्दै नझुक्ने चेतावनी विप्लवले दिएका छन् । ‘केपी–बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रुपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ । मंगलबार सरकारले विप्लव समूलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएपछि सो समूहले आज बन्दको घोषणा गरेको छ ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु