गृहपृष्ठ राणा र लोहनीले गरे राजसंस्था पुनर्स्थापनाको माग

राणा र लोहनीले गरे राजसंस्था पुनर्स्थापनाको माग

Rana-Lohani_NewsKarobar

राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले राजसंस्था पुनर्स्थापनाको माग दोहोर्‍याएका छन् । तौलिहवामा आयोजित आम सभामा राणाले हिन्दु राष्ट्रका साथसाथै राजसंस्था तौलिहवा को माग गरे ।
‘सबै नेपाली, दल, बुद्धिजीवीलाई समान व्यवहार हुने, सम्मान हुने कुनै दलको नहुने राजसंस्था कायम गर्नुपर्दछ,’ राणाले भने
कांग्रेस र कम्युनिष्टहरुले धर्मनिरपेक्ष लादेर देश र जनतालाई अन्याय गरेको उनको टिप्पणी थियो । ‘धर्मिक साम्राज्य कामय गर्ने विदेशीहको बदनियत स्वीकार गरेर कांग्रेस र कम्युनिष्टहरुले कसैसँग सल्लाह नगरी धर्मनिरपेक्ष लादेर अन्याय गरे ।’
कार्यक्रममा राणाले सरकार ‘कम्युनिष्ट लोकतन्त्र’ स्थापना गर्न उद्दत रहेको भन्दै आपत्ती जनाए ।
‘सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहने, प्रधानमन्त्री स्वयमले सेना परिचालन गर्न सक्ने तयारी आपत्तिजनक छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन् जो हामीलाई स्वीकार्य छैन,’ राणाले भने ।
सो पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानमा संशोधनको आवश्यक्ता औंल्याए । ‘संविधानमा हिन्दु पहिचान कायम गर्न संविधानमा संशोधन हुन आवश्यक छ । वैदिक सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने लक्ष्य आवश्यक परे हामी आन्दोलन गरेरै भए पनि पूरा गर्नेछौं,’ लोहनीले भने ।
‘हामी सबै धर्मको सम्मान गर्छौ, सबै धर्म क्रान्तिकारी छन् । यद्यपि सरकार नै होली वाइन खाएर देशको धर्म परम्परा, राष्ट्रियता धराशयी बनाउन लागिपरेको छ । त्यसको विरुद्ध हामी खबरदारी गर्छौ, राष्ट्रहितको पक्षमा हाम्रो कर्तव्य पूरा गरेरै छाड्छौं,’ लोहनीले भने ।
‘उपस्थितिको लागि भए पनि अभिवावकको रुपमा नेपालमा राजसंस्थाको आवश्यकता छ । राजसंस्थाले नेपालीहरुमा एकता कायम गर्न मद्दत पुर्याउछ भन्ने हाम्रो विश्वास हो । राजसंस्था राख्दैमा प्रतिगमन हुने होइन । बेलायत, जापान जस्ता महान प्रजातन्त्रमा जस्तो सुशासन कायम गर्न, राजसंस्थाको अभिभावकीय भूमिका हामी चाहन्छौं,’ लोहनीले भने ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु