गृहपृष्ठ नौ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग

नौ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग

बुटवल रुपन्देहीको तिलोत्तमामा ९ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग सञ्चालनमा आएको छ । रेसुंगा पोलिमर्सले तिलोत्तमाको गणेशपुरमा उद्योग स्थापना गरेको हो । पाँच जना पारिवारिक सदस्यहरुको संयुक्त लगानीमा जर्मन टेक्नोलोजीमा आधारित उच्च गुणस्तरयुक्त प्लाष्टिक टंकी उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक सुनिल मरासिनीले जानकारी दिए ।
रेसुङ्गा पोलिमर्सले ‘रेसुङ्गा’ ब्राण्डमा हेभी, एक्स्ट्रा हेभी, सुपर एक्स्ट्रा हेभी, थ्री लेयर, थर्मल र प्रिमियर गरि ६ प्रकारका टंकी उत्पादन गर्छ । तिनको क्षमता २ सय लिटरदेखि २ हजार लिटरसम्म छ ।
कम्पनीले आफ्नो उत्पादन प्रदेश नम्बर ५ ६ र सुदुरपश्चिमका बिभिन्न स्थानमा बजारीकरण गर्दै आएको छ । असार मसान्तपछि काठमाडौंमा बजार बिस्तार गरिने कम्पनीका अध्यक्ष यज्ञेश्वर मरासिनीले जानकारी दिए । आफ्नै स्वामित्वमा रहेको ६ कट्ठा जग्गामा स्थापित उक्त उद्योगको दैनिक ६० हजार लिटर उत्पादन क्षमता रहेको छ । उत्पादित टंकी मूल्य ९ रुपैयाँदेखि १८ रुपैंयाँ प्रति लिटर पर्ने कम्पनीले जनाएको छ । उद्योगमा २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु