गृहपृष्ठ होण्डाको ५० लाख उपहार काभ्रेका विशाललाई
होण्डाको ५० लाख उपहार काभ्रेका विशाललाई
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा ल्याएको ‘सम्बन्ध सपनाहरुको’ योजनाको ५० लाख रुपैयाँ उपहार धुलिखेलका विशाल थापाले जितेका छन् ।
गत २५ माघदेखि २५ फाल्गुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता थियो । सहभागीहरुमध्ये लक्की ड्रमार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीले ५० लाख बम्पर उपहार जित्न योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियोमध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनेर जनमानसको सेवागर्ने सपना बोकेका थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।
प्रकाशित समय १७:२४ बजे

















