गृहपृष्ठ प्रदेश तीनको नीति तथा योजना आयोगमा सदस्य थप
प्रदेश तीनको नीति तथा योजना आयोगमा सदस्य थप
प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले प्रदेश नीति तथा योजना आयोगमा दुई जना सदस्य थपेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले डा. रेणु राजभण्डारी र डा रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । दुईको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ । डा खिमलाल देवकोटा उपाध्यक्ष रहेको आयोगमा यसअघि उपाध्यक्षबाहेक श्याम बस्नेत एक जना मात्र सदस्य थिए ।
मुख्यमन्त्री नै अध्यक्ष रहने सो आयोगमा मुख्यमन्त्रीबाहेक पाँच जना रहनुपर्ने प्रावधान भएकाले थप एक जना नियुक्त गर्नै बाँकी रहेको आयोगका उपाध्यक्ष देवकोटाले बताए ।
प्रकाशित समय ०९:१२ बजे
















