गृहपृष्ठ कामना सेवा विकास बैंकको नयाँ बानेश्वरमा शाखा स्थापना
कामना सेवा विकास बैंकको नयाँ बानेश्वरमा शाखा स्थापना
कामना सेवा विकास बैंकले काठमाडौंको बानेश्वरमा नयाँ शाखा स्थापना गरेको छ । काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा स्थापना भएको शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले राजधानीका लागि बैंकको यो छैटौं शाखा भएको जानकारी गराउँदै थप शाखाहरु शीघ्र सञ्चालनमा आउने बताए । काठमाडौं उपत्यकाको व्यापारिक र आवासीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने उनको भनाइ छ ।
हाल कामना सेवा विकास बैंकले ७८ शाखा र ३३ वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
प्रकाशित समय १९:४८ बजे

















