गृहपृष्ठ जेठभर खाद्य स्वच्छता दिवस मनाइँदै
जेठभर खाद्य स्वच्छता दिवस मनाइँदै
काठमाडौं- सरकारले जेठ महिनालाई खाद्य स्वच्छ दिवसको रुपमा मनाउने निर्णय गरेसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महिनाभर खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको छ ।
खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा महिना भरि नै दिवस मनाउने लागेको विभागले जनाएको छ । विभागकाअनुसार यस वर्षको खाद्य स्वच्छता दिवस दशौं हो । आर्थिक वर्ष २०६५/६६ देखि प्रत्येक वर्ष सरकारले खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । ‘हामी सबैको सरकोकारः खाद्य श्रृङ्खलामा स्वच्छता र गुणस्तर’ भन्ने मुल नाराका साथ स्वच्छता दिवस मनाइदै छ ।
विगतका वर्षमा दिवसबाट जनस्तरमा सकारात्मक प्रभाव परेको विभागको दावी थियो । यस किसिमका दिवसले जनतामा एक्कासी परिवर्तन नआएपनि विस्तारै सकारात्मक सुधार आउने विभागको बुझाई छ । महिनाभरमा खाद्य सम्बन्धमा पढाइ हुने कलेजहरु, खाद्य तथा पोषणसँग सम्बन्धित संघ संस्थाहरु, उपभोक्ता संघ संस्थाहरुको समेत सहभागीता गराई आम जनस्तरमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।
प्रकाशित समय ०८:५३ बजे

















