गृहपृष्ठ पाँचवटा भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने
पाँचवटा भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने
सरकारले केही समयअघि स्तरोन्नति गरेका नेपाल–भारत सीमामा रहेका भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर खोल्ने भएको छ । पाँचवटा अतिरिक्त भन्सार कार्यालयमा काउण्टर खोलेर बैंकिङ सेवा सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा बिहीबार एक कार्यक्रमबीच भन्सार विभाग र प्रभु बैंकबीच हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयमा २०७६ वैशाखदेखि काउण्टर स्थापना गर्नेछ ।
प्रकाशित समय २१:३५ बजे

















