गृहपृष्ठ कामना सेवाबाट वैदेशिक मुद्रा साँट्न सकिने

कामना सेवाबाट वैदेशिक मुद्रा साँट्न सकिने

kamana-sewa-currency-newskarobar

कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधा सुरु गरेको छ । काठमाडौं महानगरपालिका–३० स्थित बैंकबाट सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विश्वेश्वर सुवेदीले संयुक्त रुपमा मुद्रा सटही सेवा सुरु गरेका हुन् ।

बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सिर्जनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिनेछ । सबै शाखाबाट चाँडै यो सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।

प्रकाशित समय २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु