गृहपृष्ठ प्रचण्ड नभएको मौकामा ओली र नेपालको गोप्य वर्ता

प्रचण्ड नभएको मौकामा ओली र नेपालको गोप्य वर्ता

एकताका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटराम शुक्रबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएको बेला उनीहरुबीच एकताका विषयमा छलफल भएको हो । पूर्वएमाले नेताहरुको कारण पार्टी एकतामा ढिलाई भइरहेको भनिरहेका बेला ओली र नेपालको भेटलाई महत्वका साथ हेरिएको छ ।

बैसाखमा पार्टी एकताको सबै काम टंगो लगाउने भनिएपनि नेताहरुको विवादका कारण एकता प्रक्रिया लम्बिएको छ । एकतालाई अन्तिम रुप दिन दुई नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्ड भने आरामका लागि बिहीबार सुकुटे पुगेका छन् ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु